अर्थ बजार

बैंकिङ कसुर मुद्दामा बिर्तामोडका सागर सेलवाल पक्राउ

By admin

January 12, 2023

बिर्तामोड । झापा बिर्तामोडका सागर सेलवाल बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । सम्मानित उच्च अदालत पाटनको ०७७ माघ १९ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका सेलवाललाई ३ दिन कैद र ३ लाख जरिवाना तोकिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागी खटिएको प्रहरी टोलीले आज बिहीबार पक्राउ गरी सम्मानित झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको हो ।

 

अदालतको आदेशले निज प्रतिवादीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ । उनी साविक बिर्तामाेड २ चारपानेका बासिन्दा हुन् ।