समाज

स्कुल बसको ठक्करबाट गौरादहमा बृद्धा मृत्यु

By admin

January 13, 2023

दमक । झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक बृद्धा ज्यान गएको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका १ स्थित जनता माविको भित्री बाटोमा दुर्घटना भएको थियो ।

 

बिहीबार दिउँसो अन्दाजी ३ बजेतिरि जनता माविको भित्री बाटोमा दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २६७६ नम्बरको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले पैदलयात्री स्थानीय ७२ वर्षीया तुलसा दाहाललाई ठक्कर दिँदा घाइते भएकी थिइन् ।

 

उनलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी पठाइएकोमा उपचारको क्रममा राति ९ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

दुर्घटनामा परेको बस र बस चालक गौरादह २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको साथै सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी एवं प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।