खेलकुद

मिस्टर ग्यालेक्सी आयोजक समितिको अध्यक्षमा दिप लिम्बू

By admin

January 19, 2023

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको ग्यालेक्सी फिटनेसले आयोजना गर्दै आएको मिस्टर ग्यालेक्सी आयोजक समितिको अध्यक्षमा दिप साउदेन लिम्बू चयन भएका छन् । ग्यालेक्सीले खेलाडी उत्पादनसँगै प्रतियोगिता पनि गर्दै आएको छ ।

 

बिर्तामोडमा भएको एक भेलाले लिम्बूलाई अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रोहित गजमेर उपाध्यक्षमा सुनिल लावती, सहसचिवमा किरण राई र कोषाध्यक्षमा फिटनेस सञ्चालक चन्द्र लाफा चयन भएका छन् । समितिको सचिवमा पछि मनोनित गरिने बताइएको छ ।

 

यस्तै, सदस्यमा पुजा थापा, रेखा बाँस्तोला, कमला लिम्बू, गंगा गिरी, सुरेश आले, विनोद नेम्बाङ, सुजन लावती, विराज सुवेदी, पप्पु चौधरी, चन्द्र लिङदेन, विप्लव कुँवर, प्रकाश चौधरी, शिखा लिम्बू, किरण साम्सोहाङ र विकास चौहान रहेका छन् ।

 

यस समितिले प्रदेशस्तरीय तेस्रो मिस्टर ग्यालेक्सी २०७९ आयोजना गर्नेछ । यसअघि युवा समाजसेवी आशिष वनको अध्यक्षतामा २०७४ र २०७६ मा पहिलो र दोस्रो संस्करण सम्पन्न भएको थियो । जसमा उर्लाबारीका विकास धिमाल र विराटनगरका रोशन कार्की (रमेश) च्याम्पियन बनेका थिए ।

 

विभिन्न ५ वटा तौल समूहमा गरिने प्रतिस्पर्धाका बारेमा पत्रकार सम्मेलन गरेर तेस्रो मिस्टर ग्यालेक्सीको जानकारी दिइने कोषाध्यक्ष तथा फिटनेस सञ्चालक लाफाले बताएका छन् । ग्यालेक्सीका सञ्चालकत्रय सन्दिप शेर्मा, ललित धिमाल र कल्पना मगर प्रतियाेगिताकाे संरक्षकमा रहेका छन् ।

 

आयोजक समितिको सल्लाहकारमा रतन लिम्बू, रोशन प्रसाई, पर्वत भण्डारी, पुकार गुरुङ, दिपेन चौधरी, रमेश चौधरी, डिक्सन राई, सन्तोष उप्रेती, रविन श्रेष्ठ, मिजास पोख्रेल, विकास गिरी र प्रकाश लिङदेन रहेका छन् ।