समाज

अर्जुनधारा जेसीजका सदस्य, पदाधिकारीलाई ‘लोम’ तालिम

By admin

January 22, 2023

अर्जुनधारा । सिक्ने र सिकाउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै आएको अर्जुनधारा जेसीजले आफ्ना नयाँ सदस्य तथा पदाधिकारीका लागि प्रि इन्डक्सन तथा लोम अफिसर्स तालिम आइतबार सम्पन्न गरेको छ ।

 

जेसीज भवनमा आयोजित तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवारले नयाँ सदस्यका लागि जेसीजको बारेमा र पदाधिकारीका लागि आफ्नो जिम्मेवारी बोध गराउने विषयमा सहजीकरण गरेका थिए ।

 

उनले सिक्न चाहनेले अनुशासित भएर अनुसरण गन आवश्यक रहेको उल्लेख गर्दै नयाँ सदस्य बनाउन नसके नयाँ सोच पनि आउन नसक्नेतर्फ औँल्याए । तालिमका मुख्य प्रशिक्षक पूर्व राष्ट्रिय उपाध्यक्ष विशाल थापाले जेसीजमा हुनुपर्ने गुण र नेतृत्वमा पुग्नुपर्ने योग्यताका बारेमा प्रष्ट पारेका थिए ।

 

एक पद, एक कार्यकालको अवधारणाअनुरुप जेसीजले जिम्मेवार बनाउँदै आत्म विश्वास बढाउने पनि उनले सुनाए । उनले पदाधिकारीको काम, कर्तव्य र अधिकारका बारेमा सहजरुपमा प्रष्ट्याएका थिए ।

 

संस्थापक अध्यक्ष इन्दिवर खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व अध्यक्ष दिपीन राई, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी राई, शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापा लगायतले शुभकामना दिएका थिए ।

 

तालिम संयोजक बिमला भट्टराईको अगुवाईमा भएको कार्यक्रमको सभापति प्रेमकुमार खड्का र सञ्चालन महासचिव वेदनारायण गोद्दारले गरेका थिए ।