समाज

झापाको चिया बगानमा युवक-युवती मृत भेटिए

By admin

January 24, 2023

झापा । झापाको एक चिया बगानमा युवक-युवती मृत भेटिएका छन् । कचनकवल ४ स्थित एभरेस्ट चिया बगानमा स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशी मृत भेटिएको प्रहरीले बताएको छ ।

 

बगानमा रहेको रुखमा दुवै झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । करिब ३ महिनाअघि दुवै जनाले भागी बिहे गरेका राजेश र पवित्रालाई गणेश परिवारले अलग्गाउने कोसिस गरेको स्थानीयको भनाइ छ । केटी पक्षले राजेशलाई अस्वीकार गरेको छिमेकी बताउँछन् ।

 

यसअघि गत साउनमा कचनकवल ५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।