बिर्तामोड । झापा बिर्तामोडका एक युवा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ९ स्थित डाँडा गाउँका अर्जुन आले मगर र कृष्ण लिम्बू रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ ७ः२० बजेको समयमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले डाँडा गाउँस्थित २२ वर्षीय अर्जुन आलेमगर, ३८ वर्षीय कृष्ण लिम्बूलाई चेकजाँच गरेको थियो ।
विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर र नगद १० हजार ५ सय फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । निजहरुलाई नियन्त्रणमा ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिएका छन् ।