समाज

झापाकाे अर्जुनधारामा श्रीमतीकाे हत्या गर्ने मनाेज पक्राउ

By admin

February 04, 2023

अर्जुनधारा। झापाकाे अर्जुनधारा नगरपालिकामा आफ्नै श्रीमतीकाे हत्या गरेकाे आराेपमा एक व्यक्ति पक्राउ परेका छन् । अर्जुनधारा वडा नम्वर ८ स्थित  नयाँ बजारमा श्रीमतीकाे हत्या गरि पुरेकाे अवस्थामा श्रीमान मनाेज बस्नेत पक्राउ परेका हुन् ।

 

शनिश्चरे बजार देखि ५ सय मिटर उत्तर नयाँबजार नजिक ४ दिनअघि श्रीमती कल्पना पाेख्रेल (बस्नेत)लाई टाउकाे,छातीमा हतियार प्रहार गरि घर नजिक खनिएकाे खाल्टाेमा पुरेका थिए ।

 

कल्पनाकाे हत्या गरेपछि श्रीमान मनाेज बर्बराउन थालेपछी शंकाकाे आधारमा केरकार गर्दा हत्यागरी फ्याँकिएकाे स्थान देखाएका थिए ।

 

मनाेज कल्पनाकाे दाेस्राे श्रीमान हुन् । मनाेज उदयपुर बेलका निवासी हुन् । उमेरले कान्छाेसंग विवाह गरेपछि कल्पनाले श्रीमान मनाेजलाई वैदेशिक राेजगारमा पठाएका थिए ।

 

विदेशबाट फर्केकाे ३,४ दिन नबित्दै श्रीमतीलाई हत्या गरेर पुरेकाे शनिश्चरे प्रहरीले चौकीले जानकारी दिएकाे छ ।

 

कल्पनाकाे पहिलाे श्रीमान पट्टिबाट एक छाेरी अश्मिता छन् । उनी केहीअघि जापान पुगेकी छिन् भने मनाेजबाट पनि एक नाबालिका छाेरी छिन् ।

 

प्रहरीका अनुसार अनुसन्धानमा केही युवतीलाई पनि नियन्त्रणमा लिएकाे बताइएकाे छ ।