अर्जुनधारा । शनिश्चरे फुटबल क्लबको आयोजनामा झापाको अर्जुनधारामा जारी प्रथम यु-१८ वडास्तरीय फुटबल प्रतियोगितामा अर्जुनधारा ९ विजयी भएको छ ।
अर्जुनधारा ७ स्थित अर्जुनधारा खेलमैदानमा आइतबार सम्पन्न खेलमा अर्जुनधारा ५ लाई टाइब्रेकरमा २–१ गोलअन्तरले पराजित गर्दै अर्जुनधारा ९ विजयी भएको हो ।
निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि उक्त खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । खेलको उत्कृष्ट खेलाडी विजयी टिमका विराज परियारलाई अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले एक जोर बुट हस्तान्तरण गरेका थिए ।
भोलि (सोमबार)को खेल अर्जुनधारा ८ र अर्जुनधारा ११ बीच हुने प्रतियोगिता आयोजक समितिका सचिव पेमा तामाङले जानकारी दिए । प्रतियाेगिताकाे विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार पाउने छ्न् ।