अर्थ बजार

प्रेम आचार्यको परिवारलाई ५० लाखको मृत्यु दाबी भुक्तानी

By admin

February 08, 2023

इलाम । सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका अभिकर्ता साथै बिमित दिवंगत प्रेमप्रसाद आचार्यको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका ११ फिक्कल इलाम निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको बिर्तामोड शाखाका प्रमुख विकास श्रेष्ठले जानकारी दिए ।

 

कम्पनीले मङ्गलबार मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गराएका उनको दाबी भुक्तानी दिनुपर्ने बिमा पोलिसिको सर्त बमोजिम १४ दिनमै बिमा दाबी रकम भुक्तानी गरिएको बिर्तामोड शाखाका रुद्र निरौलाले जानकारी दिए ।

 

मृतक प्रेम आचार्यले गत १० गते सिंहदरबार अगाडि आत्मदाहको प्रयास गरेसँगै उनको उपचारको क्रममा ११ गते बिहान मृत्यु भएको थियो । ५० लाखको बिमा गरेका निजले तेस्रो किस्ता बुझाउन बाँकी रहेको थियो ।

 

बिमा दाबी भुक्तानी कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख आरबि राई, उपप्रमुख दुर्गा बराल, सूर्योदय ११ का अध्यक्ष सन्तोष राईसहित कम्पनीका सहायक महाप्रबन्धक तथा प्रदेश एक प्रमुख तुलसीनाथ पौडेल, बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, रुद्र निरौला, रामप्रसाद घिमिरे, कुलप्रसाद अधिकारी, फिक्कल उपशाखाका निमा शेर्पा, सङ्गीता थामी तथा मृतकका परिवारलगायत आफन्तको उपस्थिति रहेको थियो ।