अर्थ बजार

सम्योग बहुउद्देश्यद्वारा मृतक सदस्यकाे कर्जा मिनाहा

By admin

February 13, 2023

अर्जुनधारा । झापाको भद्रपुर १० मा रहेको सम्योग बहुउद्देश्यीय सहकारी संस्थाले गत पुस १२ गते निधन भएका आफ्ना शेयर सदस्य अर्जुनधारा ७ का मोहनकुमार लिम्बूको कर्जा मिनाहा गरेको छ ।

 

संस्था अन्तर्गतको शनिश्चरे सेवा केन्द्रमा आबद्ध लिम्बूले लिएको जम्मा कर्जा एक लाख २० हजार रुपैयाँमध्ये संस्थालाई बुझाउन बाँकी ७७ हजार नौ सय ४५ रुपैयाँ ७५ पैसा कर्जा पूर्णरुपमा मिनाहा गरेको हो ।

 

त्यसैगरी संस्थाले शेयर सदस्य लिम्बूको परिवारलाई १९ हजार पाँच सय रुपैयाँ राहत रकमसमेत प्रदान गरेको छ । संस्थाका कार्यकारी प्रमुख झलकबहादुर चौहानले लिम्बूकी पत्नी सुष्मा र छोरा आदित्यलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।