अर्थ बजार

बिर्तामोड महोत्सवमा उप्रेतीले किने ४३ लाखको विद्युतीय कार

By admin

February 22, 2023

बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार महोत्सवमा अटोमोबाइल्सतर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ । बुधबार दिउँसो कनकाई नगरपाालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेड लक्स कार खरिद गरे । कारको बजारमूल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपाानेले जानकारी दिए ।

 

उप्रेतीले खरिद गरेको उक्त विद्युतीय कार एकपटक चार्ज गरेपछि २५० किलोमिटरसम्म सञ्चालन गर्न सकिने जनाइएको छ । महोत्सवस्थलमै महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपाने र बिर्तामोड उद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारी साधनको साँचो खरिद कर्ता उप्रेतीलाई हस्तान्तरण गरे ।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि निरन्तर बढिरहेका बेला उपभोक्तको आकर्षण विद्युतीय सवारी साधनतर्फ केन्द्रित हुँदै गएको छ । महोत्सवस्थलमा विद्युतीय साइकल, स्कुटर, लगायतका सवारी साधनहरुको स्टल पनि राखिएका छन् ।

 

कोमाकी कम्पनीका विद्युतीय स्कुटरको स्टलबाट ६ वटा सवारी बुक भइसकेको बताइएको छ । महोत्सव अवधिभर ५० वटा सवारी विक्री गर्ने लक्ष्य राखेको कम्पनी प्रतिनिधिले बताए । महोत्सवकै अवधिमा खरिद गर्नेलाई १९ हजाार रुपैयाँ छुटको समेत अफर रहेको छ ।

 

त्यस्तै होण्डा, यामाहा, सोनालिका, टिभिएस, पल्सर ब्राण्डका सवारी साधनको स्टलमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति र चासो रहेको कम्पनीका प्रतिनिधिहरुले बतााएका छन् । त्यस्तै विद्युतीय साइकलतर्फ पनि उपभोक्ताको आकर्षणा बढेको पाइएको छ ।

 

११ दिनसम्म सञ्चालन हुने महोत्सवलाई ब्यवस्थित बनाउने उद्धेश्यले विभिन्न चार भागमा विभाजन गरिएको छ । बालउद्यान, अटोमोबाइल्स, मनोरञ्जन र खानपान तथा उपभोग्य सामग्रीहरुको स्टलहरु राखिएको छ ।