समाज

बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै एक युवा पक्राउ

By admin

February 25, 2023

बिर्तामोड । झापामा दिनहुँजसो मोटरसाइकल चोरीका घटना भइरहेको छ । यसै क्रममा झापा प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार साँझ पौने ६ बजे झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

 

अर्जुनधारा नगरपालिका ५ निवासी एकराज बुढाथोकीले बिर्तामोड ४ मा पार्किङ गरिराखेको लु. ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।