खेलकुद

एभिनियर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

By admin

February 26, 2023

धरान । एभिनियर फुटबल क्लब क्यामरुन बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई स्तब्ध पार्दै एभिनियर सेमिफाइनलमा पुगेको हो ।

 

एभिनियरले अन्तिम चारमा स्थान सुरक्षित गर्न १-० गोलअन्तरले बागमतीलाई पराजित गरेको हो । एभिनियरको जितमा खेलको १४औँ मिनेटमा सबा अलिले गरेको गोल नै निर्णायक बन्यो ।

 

खेलको म्यान अफ द म्याच भने बागमतीका आयुस राना घोषित भए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुनेछ ।

 

धरान उपमहानगरको संयोजन र गोर्खा ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

 

उत्कृष्ट खेलाडीले १ लाख, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार र म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।