शिक्षा

रुपरत्न स्कूलमा सांस्कृतिक कार्यक्रम तथा स्पोर्टस मिट

By admin

February 26, 2023

अर्जुनधारा । झापाको अर्जुनधारा ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलको आयोजनामा आइतबार सांस्कृतिक कार्यक्रम तथा स्पोर्टस मिट २०७९ सम्पन्न भएको छ ।

 

विद्यालयका संस्थापक प्रधानाध्यापक प्रभुकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) झापाका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

 

विद्यार्थी, शिक्षक, कर्मचारीहरुबाट रायम्स, गीत तथा नृत्य प्रस्तुत भएको कार्यक्रममा चालु शैक्षिक वर्षमा सम्पन्न भएका विभिन्न पालिका तथा जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सफल हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको विद्यालयकी संयोजक नम्रता गिरीले जानकारी दिइन् ।

 

सोही कार्यक्रममा अभिभावकका लागि पनि विभिन्न मनोरञ्जनात्मक खेलहरु सञ्चालन भएको थियो । कार्यक्रममा प्याब्सन झापाका उपाध्यक्ष टिकाराम गौतम, अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, प्रगति अङग्रेजी आवासीय विद्यालयका संस्थापक सदस्य दिपेन्द्र सुब्बा, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

 

संयोजक गिरीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन संयुक्तरुपमा शिक्षक किरण ढुंगाना र विद्यार्थीहरु क्रिस्टिना चौहान, निशान्त भण्डारी, शाहीमान डाँगी र शिक्षा बस्नेतले गरेका थिए ।