समाज

झापाकी किशोरीमाथि यौन दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

By admin

February 26, 2023

काठमाडौँ । किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका २२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् ।

 

उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका २२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले बताए ।

 

प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको छ । कास्की महानगरपालिका १० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका ११ की १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको समेत प्रहरीको भनाइ छ ।

 

ती चिनियाँ नागरिक याङ लि मिङलाई शनिबार साँझ ललितपुर बुङमतीबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको एसएसपी शाहले जानकारी दिए ।

 

ती चिनियाँ नागरिक कुन प्रयोजनका लागि कहिले नेपाल आए, भाडाको घरमा के गर्छन् भन्ने यकिन नभएको र उनीबाट कति किशोरी पीडित छन् भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ । इकान्तिपुरबाट