अर्थ बजार

बिर्तामोड महोत्सव तीन दिन थपियो

By admin

February 27, 2023

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अवधि तीन दिन थपिएको छ । फागुन ५ देखि १५ गतेसम्मका लागि भनेर लगाइएको महोत्सवको अवधि फागुन १८ गतेसम्म लम्ब्याइएको हो ।

 

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनमा सञ्चालन भइरहेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवलाई महोत्सव सञ्चालनका क्रममा हावाहुरीले क्षति पुर्याएकोमा मर्मत गरी पुनः सञ्चालन गर्न माग भई आएकोले फागुन १८ गतेसम्म समायावधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

दर्शक र व्यवसायीको मागबमोजिम महोत्सवको समयावधि थपिएको महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।