खेलकुद

पूर्वफुटबलर गम्भीर राईलाई लाइफटाइम एचिभमेन्ट

By admin

February 28, 2023

झापा । न्यूरोड टिम (एनआरटी)लाइए सहिद स्मारक ए डिभिजन लिगको जित दिलाउन महत्वपूर्ण योगदान पुराएका गम्भीर राईलाई भद्रपुर झापा गोल्डकप आयोजक समितिले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।

 

२०२५ साल फागुन ५ गते जन्मिएका पूर्व फुटबलर राईलाई प्रथम भद्रपुर झापा गोल्डकपको फाइनल खेलअघि लाइफटाइम एचिभमेन्ट अवार्डसँगै एक थान टिभिएस मोटरसाइकल प्रदान गरिएको छ ।

 

१४ वर्षदेखि फुटबल खेलमा आवद्ध झापा भद्रपुरका राई यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए । उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मस्र्याङ्दीजस्ता चर्चित क्लबमा आवद्ध रही अन्तर्राष्ट्रिय तीन गोल पनि गरेका थिए ।

 

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदमा रहिसकेका सम्मानित राईले २०५६ सालमा सन्यास लिएका थिए । उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

 

 

फुटबल खेलको सुदृढिकरण र विकासमा महत्वपूर्ण योगदान पुराएको उल्लेख गर्दै भद्रपुर झापा गोल्डकपले लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको जनाएको छ ।