समाज

बिर्तामोडका विश्वास, अभिषेक र अनिशा ब्राउन सुगरसहित पक्राउ

By admin

March 09, 2023

बिर्तामोड । झापा बिर्तामोडका एक युवतीसहित ३ जना प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरुलाई बिर्तामोड प्रहरीले आज बिहीबार दिउँसो पक्राउ गरेको हो ।

 

शंकास्पद अवस्थामा बसिरहेका बिर्तामोड २ का २० वर्षीय विश्वास संग्रौला, बिर्तामोड ४ का २० वर्षीय अभिषेक शर्मा र बिर्तामोड ८ की अनिशा मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

 

आज दिउँसो अन्दाजी ३ बजेतिर गोप्य सूचनाका आधारमा लागुऔषधनियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाचँ गर्दा अनिशा मण्डलको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ८ ग्राम, नगद ११ हजार ६ सय, मोबाइल २ थान र डिजिटल तराजु १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

उनीहरुलाई अनारमनी इलाका प्रहरी कार्यालय (बिर्तामोड) झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।