समाज

दमकबाट रविन र अनिता ब्राउन सुगरसहित पक्राउ

By admin

March 15, 2023

झापा । झापाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु श्रीमान र श्रीमती भएको जनाइएको छ ।

 

मंगलबार बेलुका झापाको दमक नगरपालिका १ मा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा दमक ७ का २३ वर्षीय रविन कटुवाल र उनको श्रीमती २१ वर्षीया अनिता बिक रहेका छन् । उनीहरुको साथबाट ६ सय ७० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।