समाज

इलामको माइखोलामा डुबेर बालिकाको मृत्यु

By admin

March 17, 2023

इलाम । माइखोलामा पौडी खेल्ने क्रममा इलाम १० की १४ वर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ । उनी अन्य ४ जना साथीहरुसँग पौडी खेल्न माइखोला पुगेकी थिइन् ।

 

पौडी खेल्न गएका ५ बालबालिकामध्ये २ जना गहिरो दहमा फसेका थिए । राजदूवालीदेखि ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्दारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको बताइएको छ ।

 

माइखोलामा डुबेकी अर्की बालिका प्रतिक्षा मगरको डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । उनले करिब दुई घण्टाको प्रयासपछि ती बालिकाको शव फेला पारेको जानकारी दिए ।

 

इलाममा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने कार्यक्रम शुरु भएको छ । ती पाँचजना बालिकाहरु कोरोनाको खोप लगाएर खोलामा पौडी खेल्न गएका थिए ।