समाज

खुदुनाबारीमा भित्री गाउँका विपन्नलाई पिउने पानीको व्यवस्था

By admin

March 18, 2023

झापा । अजुृनधारा नगरपालिका ३ खुदुनाबारीस्थित भित्री गाउँका विपन्नलाई वडा कार्यालयले पिउने पानीको व्यवस्था गर्ने भएको छ । धारा जडान गर्न नसकेर खोलाको पानी पिउन बाध्य उनीहरुलाई वडा र विभिन्न दाताको सहयोगमा पिउने पानीको व्यवस्था गर्न लागिएको हो ।

 

दलित समुदायको बस्ती रहेको उक्त क्षेत्रमा कैदले खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत विपन्न उपभोक्ताहरुलाई खानेपानीमा पहुँच पु¥याउने उद्देश्यले आर्थिक सहयोग प्राप्त भएको छ । ‘इच वान हेल्प वान’ अभियानका अध्यक्ष भारत सिक्किम निवासी लाटेन शेर्पाले शुक्रबार आयोजित एक कार्यक्रममा एक लाख ६० हजार रुपैयाँको चेक समितिका अध्यक्ष ढुण्डीराज गौतमलाई हस्तान्तरण गरे ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको विशेष पहलमा प्राप्त भएको उक्त सहयोग रकम आफूले नेपालमा गरेको पहिलो सामाजिक कार्य भएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेको दाता शेर्पाले बताए । कोभिड–१९ महामारीको बेला सुरु भएको उक्त अभियान अन्तर्गत सिक्किमसँगै छिमेकी देश भूटानमा पनि आफूले विभिन्न सामाजिक कार्यहरु गरेको दाता शेर्पाले दावी गरे ।

 

खानेपानीको क्षेत्रबाट सुरु भएको उनको सामाजिक कार्य मानवीय सेवाको अन्य क्षेत्रमा पनि सहयोग गर्न आफू इच्छुक रहेको उनले बताए । स्थानीय कैदले पर्यापर्यटनको केन्द्रको सभाहलमा वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा दाता शेर्पालाई वडा कार्यालयको तर्फबाट सम्मान पत्र र मायाको चिनोसहित सम्मानित गरिएको थियो ।

 

 

कार्यक्रमका विशेष अतिथि नगर प्रमुख तामाङ र समितिका अध्यक्ष गौतमले दाता शेर्पालाई संयुक्तरुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए । त्यसैगरी खानेपानीको क्षेत्रमा योगदान पु¥याएको भन्दै समितिलाई पनि वडा कार्यालयको तर्फबाट प्रशंसापत्रसहित सम्मानित गरिएको थियो ।

 

त्यसैगरी समितिलाई खानेपानी कार्यक्रम अन्तर्गत वडाबाट दुई लाख रुपैयाँ, स्थानीय जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।

 

 

सामाजिक व्यक्तित्व छिरीङ शेर्पा, बेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको कार्यक्रममा नगर प्रमुख तामाङ, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलाल, समितिका अध्यक्ष गौतमलगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन वडा सदस्य चन्द्रमाया तामाङले गरेकी थिइन् ।

 

यसैबीच, झापाको अर्जुनधारा ३ मा रहेको सशस्त्र प्रहरी बल खुदुनाबारी वेसका निवर्तमान प्रमुख प्रहरी नायव निरीक्षक नारायण गौतमलाई सोही कार्यक्रममा विदाई गरिएको छ ।

 

 

वेस प्रमुखको भूमिकामा उनले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै वडा कार्यालय र स्थानीय युथ अफ खुदुनाबारीले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए ।