शिक्षा

बिर्तामोडको तक्षशीलालाई क्याम्ब्रिज लण्डनको सम्बन्धन

By admin

April 01, 2023

बिर्तामोड । झापाको झापाको बिर्तामोड ६ मा रहेको तक्षशीला एजुकेशन फाउन्डेसनलाई लण्डनको क्याम्ब्रिज मूल्याङ्कन अन्तर्राष्ट्रिय शिक्षाले सम्बन्धन दिएको छ । यसका लागि तक्षशीला र क्याम्ब्रिजबीच शनिबार सम्झौता भएको छ ।

 

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तक्षशीला र क्याम्ब्रिजबीच सम्झौतामा हस्ताक्षर भएको हो । आगामी शैक्षिक सत्र २०८० देखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने सहमतिसहित एक औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ ।

 

कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि रोशन राठीबीच क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर भएको हो ।

 

 

कार्यक्रममा तक्षशीलाका प्रिन्सिपल रोहित ढुंगेलले आगामी शैक्षिक सत्रदेखि विद्यालयका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइने जानकारी दिए ।

 

क्याम्ब्रिज अंग्रेजी कोर्स अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त कोर्स हो । विद्यालयको शैक्षिक गुणस्तरमा फड्को मार्दै तक्षशीलाले यो ऐतिहासिक सफलता हात पारेको बताइएको छ । पूर्वी नेपालमा क्याम्ब्रिजको कोर्स अध्यापन गराउने विद्यालयमा तक्षशीला पहिलो भएको बताइएको छ ।

 

कार्यक्रममा बोल्दै एकाडेमिक डाइरेक्टर भिक्टोर आई. जोसेफले आस्क मोडलबाट अध्ययन गराइने बताए । उनले ‘एटिट्युड, स्किल र नलेज’ (संस्कार, सिप र ज्ञान)को पाठ्यक्रमबाट अध्ययन गराइने स्पष्ट पारे ।

 

 

क्याम्ब्रिजको मापदण्डअनुसार शिक्षण विधि र भौतिक पूर्वाधार रहने पनि तक्षशीला एजुकेशन फाउण्डेशनको व्यवस्थापन पक्षले जनाएको छ ।