समाज

लागूऔषध मुद्दाका फरार कमलका युवा पक्राउ

By admin

April 03, 2023

झापा । झापामा लागूऔषध मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षीय पुष्प चेम्जोङ रहेका छन् ।

 

झापा जिल्ला अदालतको मिति २०७७ माघ ५ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा उनलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

 

फरार रहेका चेम्जोङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।