अर्थ बजार

अर्जुनधाराका कृषकलाई दुग्धजन्य परिकारसम्बन्धी तालिम

By admin

April 08, 2023

शनिश्चरे । कृषक आफैँले उत्पादन गरेको दूधबाट बन्ने दुग्धजन्य परिकार बनाउन अर्जुनधाराका कृषकलाई तालिम प्रदान गरिएको छ । कृषकको आयस्रोत बढाउने तथा जीवनस्तर उकास्ने उद्देश्यले तालिम प्रदान गरिएको हो ।

 

अर्जुनधारा नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा आयोजित छ दिवसीय दुग्धजन्य पदार्थको विविधिकरण तथा खाद्य गुणस्तर सम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।

 

नेपाल कृषि बजार विकास कार्यक्रम सहज फेस-२ सहआयोजक रहेको उक्त तालिम कच्चापदार्थकोरुपमा रहेको दुधको प्रशोधनसँगै त्यसबाट विभिन्न किसिमका परिकारहरु तयार गरि कृषकहरुको जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको शाखाका प्रमुख पदमलाल राईले जानकारी दिए ।

 

प्रशिक्षकहरु खाद्य निरीक्षक पंकज दाहाल, पशु विकास अधिकृत सावित्राकुमारी दाहाल, डेरी विज्ञ लीलादेवी भट्टराई, डेरी उद्योगी योगेन्द्र चिमरीया, लसी विज्ञ राजन नेपाललगायतले प्रशिक्षण दिएको तालिममा २१ जना कृषक सहभागी भएका थिए ।

 

नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमुख प्रशासकीय अधिकृत राई, सहज फेस-२का प्रतिनिधि सर्वज्ञराज पाण्डेलगायतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।