समाज

मेचीनगरकी अनुजा ९ ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

April 13, 2023

झापा । झापा मेचीनगरकी एक युवती प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेकी छन् । प्रहरीले सवारीसाधन चेकजाँच गर्ने क्रममा हिजो साँझ ती युवती पक्राउ परेकी हुन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ अन्दाजी ५ बजेतिर मेचीनगर नगरपालिका वडा नम्बर १३ की २० वर्षीया अनुजा राजवंशी पक्राउ परेकी हुन् ।

 

धाइजन चोकस्थित प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा राजवंशीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ९ ग्राम फेला परेको थियो ।

 

पक्राउ परेकी राजवंशीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारी झापामा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।

 

उनका अनुसार निज अनुजा राजवंशीकी आमा ५ महिनाअघि लागुऔषधसम्बन्धी मुद्दामै पक्राउ परी झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छन् ।

 

उनकी आमा भारती राजवंशीलाई भेट्न आउने क्रममा प्रहरीलाई शंका लागी निज अनुजा राजवंशीलाई निगरानीमा राखेको अवस्थामा प्रहरीले लागुऔषधसहित फेला पारेको प्रहरीले जनाएको छ ।