समाज

दमक र कमलका ४ युवा ब्राउन सुगरसहित पक्राउ

By admin

May 01, 2023

झापा । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमकका ३ जना र कमल गाउँपालिकाका १ जना रहेका छन् ।

 

पक्राउ पर्नेमा दमक नगरपालिका ९ निवासी २८ वर्षीय अरुण दनुवार, सोही ठाउँका २३ वर्षीय आश्विन राई, कमल गाउँपालिका ६ निवासी २५ वर्षीय न्युसन राई र दमक २ निवासी २० वर्षीय अभिषेक राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रहरीका अनुसार दमक ९ मा आइतबार बेलुका लागूऔषध खरिद बिक्री भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले अरुण र आश्विन बसेको कोठाबाट ३ सय मिलिग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र नगद ६० हजार ७५० रुपैयाँ बरामद गरेको थियो ।

 

त्यस्तै प्रहरीले दमक १ बाट न्युसन र अभिषेकलाई ८ सय मिलिग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजुसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।