कला

स्पन्दन सुब्बाले जिते भ्वाइस किड्सको उपाधि

By admin

May 20, 2023

काठमाडौं । भ्वाइस किड्स सिजन २ को उपाधि भारत दार्जिलिङका स्पन्दन सुब्बाले जितेका छन्। टिम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले शुक्रबार राति सम्पन्न ‘ग्राण्ड फिनाले’मा उपाधि हात पारेका हुन्।

 

ग्राण्ड फिनालेमा स्पन्दनसहित आठ जनाले प्रतिस्पर्धा गरेका थिए। उपाधि जितेसँगै उनले १५ लाख रुपैयाँ प्राप्त गरे। भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो।