समाज

भद्रपुरबाट १९५ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

May 26, 2023

बिर्तामोड । झापाको भद्रपुरको क्याम्पस मोडबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनीहरुको साथबाट करिब १९५ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई आज (शुक्रबार) दिउँसो १ः३० बजे लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा भद्रपुर ८ स्थित क्यापस मोडमा पूर्वबाट पश्चिमतर्फ छुट्टाछुट्टै साईकलमा आउँदै गरेका प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा भारत दार्जीलिङ खोरीबारी थाना बस्ने २२ वर्षीय शिवु घोष र २६ वर्षीया श्यामली सोरेन रहेका छन् । श्यामली सोरेनमाथि शंका लागी चेकजाँच गर्दा १९४ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

प्रहरीका अनुसार श्यामलीलाई शिवु घोषले ब्राउनसुगर बोक्न लगाएको खुलेको छ ।घोष प्रतिबन्धित लागुऔषध ब्राउनसुगरको डिलरवाला भएको खुल्न आएको प्रहरीको भनाइ छ । उनीहरूले भारतबाट भित्र्याएर नेपालका बिक्रेतासम्म पुराउने गरेकाे हुनसक्ने बताइएकाे छ ।

 

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई निजहरुले चलाएको २ थान साइकल र २ थान मोबाइलसमेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।