शनिश्चरे । झापाको अर्जुनधारामा जारी क्लबस्तरीय यु-१८फुटबल प्रतियोगितामा शनिबारको अन्तिम सेमिफाइनल खेलबाट शनिश्चरे फुटबल क्लब शानदार जितसँगै फाइनलमा प्रवेश गरेको छ ।
चन्द्रोदय आधारभूत विद्यालयको खेलमैदानमा आयोजित खेलमा न्यू स्टार बुद्धशान्तिलाई ३-० गोलअन्तरले पराजित गर्दै शनिश्चरेले फाइनलमा स्थान सुरक्षित गरेको हो । उपाधिको दाबेदार शनिश्चरेका लागि निखिल तामाङ र समिर हेमरमले गोल गरे भने एक गाेल आत्मघाती गाेल भएकाे थियाे ।
शनिश्चरेका निखिल तामाङले खेलको ३०औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । ३-० गोलको फराकिलो अन्तर निकाल्न समिर हेमरमले खेलको ३५औँ मिनेटमा गोल गरेका हुन् । यसअघि खेलकाे १२औँ मिनेटमा आत्मघाती गाेल भएकाे थियाे ।
खेलको म्यान अफ दी म्याच बुद्धशान्तिका आयुश राई भए । उनले नगद ५ सय र ट्रफी पाए । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ । शनिश्चरे एफसीले आयोजक हात्ती किल्ला एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
आयोजकका उपाध्यक्ष हिमाल पुरीका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय र उत्कृष्ट रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ता बन्ने खेलाडीले जनही नगद १ हजार ५ सय पाउने छन् ।
हात्तीकिल्ला एफसीको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद २५ हजार र ट्रफी पाउने छ भने उपविजेताले नगद १५ हजार पाउने छ ।