अर्थ बजार

अर्जुनधारामा प्रविधि हस्तान्तरणसँगै लघुउद्यम विकासका तालिम

By admin

June 03, 2023

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा आयोजित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत नयाँ उद्यमी सिर्जनातर्फका विभिन्न तालिम सम्पन्न भएको छ ।

 

सेवा प्रदायक संस्था सुनसरीस्थित रौताहा टेक्निकल कलेज प्रालिसँगको सहकार्यमा गत चैत २४ गतेदेखि सुरु भएको दुधजन्य पदार्थ बनाउने तालिम, बेमौसमी तरकारी उत्पादन तालिम, ब्याग बनाउने तालिम, फूल खेती व्यवसाय तालिम र मखमलको जुत्ता बनाउने तालिम सम्पन्न भएको हो ।

 

नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा शुक्रबार आयोजित तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रविधि हस्तान्तरण तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । प्रशिक्षार्थी दुर्गा उपाध्यायले तालिमको अनुभव प्रस्तुत गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

सोही कार्यक्रमको अवसरमा तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई बजारीकरण सम्बन्धी एक दिने अभिमुखिकरण तालिम पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा सहजकर्ताद्वय उद्यमी सन्तोषकुमार श्रेष्ठ र व्यवसायी शेखर अधिकारीले सहजिकरण गरेका थिए ।

 

नगर सभा सदस्य एवम् लघु उद्यम विकास समितिकी सदस्य पार्वतादेवी न्यौपानेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाकी कर्मचारी पूष्पा पौडेलले गरेकी थिइन् ।