समाज

कनकाईबाट ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

June 09, 2023

सुरुङ्गा । झापाको कनकाई नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

हिजो (बिहीबार) राति अन्दाजी साडे ९ बजे बनकाई नगरपालिका वडा नम्बर ३ का राजकुमार सिटौलाको घरमा डेरामा बस्ने झापा गाउँपालिका ४ का २६ वर्षीय करन चौधरी र कनकाई ४ बस्ने २६ वर्षीय मुस्ताक अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

चौधरीको कोठामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी कोठा चेकजाँच गर्दा कोठाको झ्याल बाहिर प्रतिबन्धित लागुऔषध ब्राउनसुगर १ ग्राम ८०० मिलिग्राम फेला पारेका थियो ।

 

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।