समाज

बिर्तामोडका बब्लु शिवाकोटी ब्राउन सुगरसहित पक्राउ

By admin

June 11, 2023

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड नगरपालिका ४ निवासी बब्लु शिवाकोटीलाई प्रतिबन्धित ब्राउन सुगरसहित आइतबार पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न अन्दाजी ३ः५० बजे बिर्तामोड १ स्थित भगवान चोकबाट शिवाकोटीलाई पक्राउ गरेको हो । ३३ वर्षीय शिवाकोटीलाई चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ६ ग्राम ८०० मिलिग्राम बरामद भएको जिप्रका झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जनाएका छन् ।

 

प्रहरीले पक्राउ गर्दा शिवाकाेटीले रुमालमा पोको पारिराखेको अवस्थामा ब्राउनसुगर फेला परेकाे हाे । उनकाे रूमालमा स-साना पाेका बनाएर रूमालमा ब्राउनसुगर राखिएकाे थियाे । उनी ब्राउनसुगरकाे काराेबारी हुनसक्ने प्रहरी भनाइ छ ।

 

उनको साथबाट नोकिया कम्पनीको सादा मोवाइल १ थान, सामसुङ मोवाइल १ थान र नेपाली नगद २ हजार ३ सय पनि फेला परेको जनाइएको छ । पक्राउ परेका शिवाकोटीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।