खेलकुद

नेपाल फिलिपिन्ससँग पराजित

By admin

June 15, 2023

झापा (एजेन्सी) । नेपालले मनिलामा बिहीबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा फिलिपिन्ससँग १-० को हार बेहोरेको छ । खेलको एकमात्र निर्णायक गोल दोस्रो हाफको ४९औं मिनेटमा ज्याभिएर गायोसाले गरे ।

 

मनिलाको रिजल मेमोरियल स्टेडियममा भएको खेलमा नेपालले केही आक्रमण बुने पनि त्यसलाई निर्णायक मोड दिन सकेन । नेपालको मुख्य प्रशिक्षकका भिन्सेन्जो अल्बर्टो एनिस आएयता टिमको यो पहिलो हार हो ।

 

नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा निरन्तरता दिन सकेन । फिलिपिन्सले एकोहोरो दबाब सिर्जना गरिरहँदा नेपालको गोल गर्ने प्रयास खेर गएको थियो ।

 

नेपाल भारतको बेंगलोरमा हुने साफ च्याम्पियसिप २०२३ को तयारीका क्रममा मनिला पुगेको हो । अब नेपाल शुक्रबार भारत जानेछ । नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ र त्यस समूहमा डिफेन्डिङ च्याम्पियन भारतसँगै पाकिस्तान र कुवेत रहेका छन् ।