शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरिएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय कामहरुमध्ये प्रदेश र संघीय सरकारबाट प्राप्त बजेटबाट यति धेरै सडक कालोपत्रे गरेको हो ।
दोश्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएर आएपछि भौतिक पूर्वाधारका क्षेत्रमा कामहरु भएका हुन । दोश्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले अघिल्लो स्थानीय सरकारले सुरु गरेका योजनालाई पूर्णता दिँदै चालु आर्थिक वर्षमा ३० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ ।
कालेपत्रे सडकअन्तरगत नगरपालिकाको वडा नम्वर १ स्थित ललित बुढाथोकीको घरदेखि २ नम्वर वडाको सिमानासम्म जाने सडक केही दिन अघिमात्रै नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ्ग आफैँ लागेर कालोपत्रे गर्ने काम सम्पन्न गराएका थिए ।
नगरद्वारा सन्चालन भएका हरेक योजना गुणस्तर हुनुपर्छ भन्ने मान्यताअनुसार नगर प्रमुख गोम्देन हरेक योजनामा पुगेर आफैँ उपस्थित भएर मापदण्डअनुसार काम भए नभएको अनुगमन गर्ने गरेको स्थानीय बताउँछन् ।
निर्वाचित भएको १ वर्ष पूरा हुँदै गर्दा नगरभित्र विद्युत नपुगेको ठाउँमा विद्युत विस्तार भएको छ भने नागरिकलाई सञ्चारसंग जोड्नका लागि नेपाल टेलिकमसँगको सहकार्यमा ५ वटा एनटिसीका टावर विस्तार गरिएको छ । पैसाले शान पाइन्छ तर मान पाइँदैन भन्ने कुरालाई ध्यानमा राखेर हरेक योजनामा नगर प्रमुख स्वयमं उपस्थित भएर काम गराउने गरेको गोम्देन बताउँछन् ।
त्यसैगरी नगरपालिकाको ११ नम्वर वडास्थित बिर्तामोड बसपार्कभित्रका शाखा सडकमा ईन्टरलक (पेवर्स) लगाउने काम सम्पन्न भएको छ भने शनिश्चरे चारआली सडक खण्डअन्तर्गत काली खोलामा कल्र्भट निर्माण, मिलडाँडा, शान्तिमार्ग सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको ११ नम्वर वडा सदस्य तथा पुर्वाधरा विभागका संयोजक पुर्णबहादर राईले बताए ।
नगरपालिकाले पर्यटन प्रवद्र्धनका क्षेत्रमा समेत काम गरिरहेको छ । वडा नम्वर १ मा रहेको हलुवागढ क्षेत्रको प्रबद्र्धनका निम्ति स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा धेरै काम भएको नगरपालिकाले जनाएको छ ।