समाज

ओखलढुंगा: पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु

By admin

June 23, 2023

ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार रातिको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ, उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङ, उनीहरुका छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।

 

चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा बिहीबार राति पहिरो जाँदा ३ घर बगाएको थियो । पहिरोमा परी २ जना बेपत्ता भएका थिए । पहिरोले घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी वर्ष ३१ की शिवमाया गुरुङको शव भेटिएको थियो ।

 

त्यसैगरी उनका छोरा १० वर्षका दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङ बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता रहेका दिनेश र कृतिकाको शव फेला पारिएको जिल्ला प्रहरीका डिएसपी दिपकबहादुर केसीले बताए ।

 

पहिरोले रणबहादुर र दुई स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर बगाएको थियो । बलबहादुर र जरसिंहका परिवारका सदस्यहरु भागेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।