समाज

अर्जुनधारामा लागूपदार्थविरुद्ध सामुहिक जनचेतना कार्यक्रम

By admin

June 28, 2023

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा लागूपदार्थ दुव्र्यसनी अन्त्यका लागि सामुहिक जनचेतना कार्यक्रम गरिएको छ ।

 

सामाजिक विकास शाखाको आयोजनामा समाजमा रहेका कुरीति, कुप्रथा तथा लागुपदार्थ दुव्र्यसनी निवारणका लागि सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि उक्त कार्यक्रमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।

 

मेचीनगरस्थित सामुदायिक विकास मञ्चको सहजिकरणमा २५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहजकर्ताहरु कार्यक्रमका प्रमुख अतिथि लागूऔषध ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलिया, मेडिकल अधिकृत डा विकास आचार्यले सहजिकरण गरेका थिए ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतको सहभागिता रहेको थियो । सामाजिक विकास समितिका संयोजक कौशिलाल परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन जीवन नेपालीले गरेका थिए ।

 

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका १० सामुदायिक विद्यालय र ३२ निजी विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्राको सहभागिता रहेको थियो ।

 

शाखाले यसअघि नगरपालिकाको सात वटा वडामा टोल समितिका पदाधिकारीहरुलाई लक्षित गरि लागूपदार्थसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको बताइएको छ ।