समाज

हल्दिबारीका दुई बालकको भारतबाट उद्धार

By admin

June 28, 2023

झापा । झापा हल्दिबारीका दुई बालकको भारतबाट उद्दार गरिएको छ । उनीहरुको मंगलबार दिउँसो उद्दार गरिएको हो । हल्दिबारी गाउँपालिका १ का बालक लक्ष्मण बस्नेत र विमल आचार्य दुई दिनदेखि बेपत्ता भएका थिए ।

 

उनीहरूको खोजी गर्ने क्रममा भारतमा भेटिएको जानकारी पाउनासाथ बालकहरूको अभिभावकसहित हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन मंगलबार बिहान भारतको ताराबारी गएका थिए ।

 

त्यहाँ भारतीय सुरक्षाकर्मीको सहकार्यमा दुई बालकलाई उद्दार गरी सकुशल घर फर्काइएको गाउँपालिकाका अध्यक्ष लिङ्देनले बताए । बालकहरू हराएको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरू भाइरल बनेपछि भारतीय एसएसबीले सोमबार राति १० बजे दुई बालकलाई उद्दार गरी राखेको बताइएको छ ।