समाज

धरानमा डेंगी संक्रमणबाट दुई महिलाको मृत्यु

By admin

June 29, 2023

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । धरान १७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।

 

उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो । उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले बताए । यो वर्ष धरानमा जेठ पहिलो सातादेखि फैलिएको डेंगी अहिले भयावह बनेको हो ।

 

‘हामीले खोज र नष्ट गर अभियान पनि चलाइरहेका छौँ । तर, अधिकांश संक्रमित घरमै रहने, उपचारमा नपुग्ने भएकाले संक्रमण फैलिँदै गएको छ’, उनले भने ।