खेलकुद

झापाः जलथल एफसी ढडुवा कपको फाइनलमा

By admin

June 29, 2023

हल्दिबारी । जलथल एफसी झापाको हल्दिबारी ३ मा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

 

पञ्चायत माविको खेलमैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा गोलधाप एफसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै जलथले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।

 

जलथलका लागि खमिर गिल्सन कन्दङ्वाले गरेको गोल नै निर्णाक बन्यो । खेलको सुरुवातीमै जलथलले आक्रामक खेल पस्केको थियो । प्रतिस्पर्धात्मक खेलमा गोलधापले पाएको थुप्रै अवसर खेर गएको थियो ।

 

खेल सकिन ५ मिनेट बाँकी रहँदा दायाँ क्षेत्रबाट आएको पासलाई खमिर गिल्सनले गोलमा परिणत गराएका थिए । उनी म्यान अफ दी म्याच बने । जितसँगै जलथलले बिर्तामोडस्थित खोपबाडीको न्यू स्टार एफसीसँग फाइनल भेट पक्का गरेको छ ।

 

हल्दिबारी ३ को ढडुवा एफसीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ ।