झापा । झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री बृद्धको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार शुक्रबार दिउँसो ३ बजेको समयमा झापा गाउँपालिका ६ शरणामतीस्थित पन्थापाडा–शरणामतीको भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०१-०१३ प ८९४१ नम्बरको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएको र उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको डीएसपी रिजालले बताए ।मोटरसाइकल चालक झापा गाउँपालिका ५ बस्ने नन्दकिशोर पोद्धारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।