झापा । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो ।
हिजो बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले बताएका छन् । मृतकका श्रीमती र २ छोरी रहेका छन् ।