समाज

झापामा ब्राउन सुगरसहित झरना र सन्ध्या पक्राउ

By admin

July 04, 2023

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी र कमल गाउँपालिकाका रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका ९ स्थित झरना टोल निवासी २४ वर्षीया झरना बिक र उनकी साथी कमल गाउँपालिका ३ निवासी २४ वर्षीया सन्ध्या राई छन् ।

 

बिकले आफ्नै घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनको कोठा चेकजाँच गर्दा ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

त्यसपछि प्रहरीले बिकसँगै रहेकी साथी राईलाई समेत पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा लगेको प्रहरीले जनाएको छ ।