समाज

झापामा चट्याङ लागेर एक बालकको मृत्यु

By admin

July 05, 2023

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । आज बिहान ९ः३० बजे गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछी कन्चिरामा १३ वर्षीय बालकको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार स्थानीय प्रसदिया सरदारका १५ वर्षका छोरा विजय सरदारको चट्याङ लागेर मृत्यु भएको हो । उनी वडा नम्बर ६ का वडा सदस्य मोहम्मद आसामुदिन मियाको खेतमा धानको बीउ उखेल्न गएका थिए ।

 

मृतक सरदारसंगै रहेका सोही ठाउँ बस्ने १६ वर्षीय मनिजुर आलम र भारत फूलबारी घर भई हाल सोही ठाउँ बस्ने २० वर्षीय सिकन्दर आलम घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि मेडी म्याक्स अस्पताल गौरादह पठाइएको छ । घाइतेहरुको अवस्था बोल्न सक्ने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।