समाज

दमकबाट ७ जना जुवाडे पक्राउ

By admin

July 06, 2023

झापा । झापाको दमकमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दमक नगरपालिका ४ स्थित पारिजात टोलका शेरबहादुर राईको घरमा कौडा खेलिरहेको अवस्थामा राईसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।