अन्तराष्ट्रिय

बिर्तामोडका ललित धिमाल बने साउथ एसियन बडिबिल्डिङ च्याम्पियन

By admin

July 07, 2023

झापा । झापा बिर्तामोडका ललित धिमाल १३औँ साउथ एसियन बडिबिल्डिङसिपमा च्याम्पियन बनेका छन् । आज माल्दिभ्समा भएको प्रतियोगितामा ललित च्याम्पियन बनेका हुन् । उनी ताैल समूहमा च्याम्पियन बनेका हुन् ।

 

ग्यालेक्सी फिटनेसका प्रशिक्षक तथा सञ्चालकसमेत रहेका धिमालले गत साता नेपालमा सम्पन्न आठौं मिस्टर हिमालय च्याम्पियन बनेका थिए । च्याम्पियन बनेसँगै नेपालको प्रतिनिधित्व गर्दै साउथ एसियन च्याम्पियनमा सहभागिता जनाएका थिए । उनले ७५ केजी तौल समूहमा सहभागिता जनाउँदै स्वर्ण जितेका हुन् ।

 

माल्दिभ्सको राजधानी मालेमा भएको प्रतिस्पर्धामा ललितपछि फस्ट रनरअप तथा सेकेण्ड रनरअप भारतका खेलाडी भए भने चौथो स्थानमा अफगानिस्तानका खेलाडी भएका थिए ।

 

उनले माल्दिभ्समै हुने अर्को स्थानीय प्रतियोगितामा पनि सहभागिता जनाउने ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र लाफाले जानकारी दिए ।

 

उनका अनुसार अब नेपालमा हुने ५५औँ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा ललितले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् । ललितसहितको ३ सदस्यीय टोली बुधबार माल्दिभ्स प्रस्थान गरेको थियो ।