समाज

मेची राजमार्ग फेरि अवरुद्ध

By admin

July 13, 2023

पाँचथर । हेवा खोलामा आएको बाढीले डाइभर्सनको सतह पार गरेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक फेरि अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने हेवा खोलामा बाढी आएसँगै बिहीवार बिहानैदेखि यो राजमार्ग अवरुद्ध भएको हो ।

 

असार ३ गते आएको बाढीले हेवा खोला पुल बगाएपछि यो राजमार्ग प्रायः ठप्प छ । पछिल्लो पटक असार २५ गते पेन स्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइएको थियो ।

 

यसैबीच वुधबार साँझदेखि परेको झरीसँगै आएको बाढीले डाइभर्सनको सतह पारे गरेपछि बिहीबार बिहानैदेखि यो सडकमा आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बताए ।

 

हेवा खोलाको उद्गम बिन्दु फालेलुङसँगै विभिन्न स्थानमा राती वर्षा भएपछि खोलामा पानीको मात्रा बढेको हो । यातायात अवरुद्ध भएसँगै फिदिम ४ र हिलिहाङ ७ तर्फ पुनः सवारीको लाम लाग्न थालेको छ । गाेरखापत्र अनलाइनबाट