खेलकुद

साबित्राको गोलले बंगलादेशसँग नेपालको बराबरी

By admin

July 13, 2023

झापा । सावित्रा भण्डारीले खेलको अन्त्यतिर गरेको गोलको मद्दतले नेपालले बंगलादेशलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा १-१ को बराबरीमा रोकेको छ ।

 

नेपाल हारतर्फ अग्रसर भइरहेको स्थितिमा सावित्राले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएकी हुन् । नेपालका लागि सावित्राको यो ४२औं गोल हो ।

 

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले ६५ औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेशी टिम कप्तान सबिना खातुनले यो गोल गरेकी हुन् ।

 

नेपाल र बंगलादेशबीच यो तेस्रो बराबरी हो । अब दुई टिमबीचको दोस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।