समाज

करेन्ट लागेर गौरीगञ्जमा एक महिलाको मृत्यु

By admin

July 15, 2023

झापा । झापाको गौरीगञ्ज १ मा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

 

गौरीगञ्ज १ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षीया शिला बुढाथोकीको बिहीबार दिउँसो खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाइलमा फोन उठाउने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले छुँदा करेन्ट लागेको हुनसक्ने बताइएको छ । सोही साँझ ६ः३० बजे मृतकको शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।