समाज

गौरादहमा पौडी खेल्दा डुबेर बालकको मृत्यु

By admin

July 15, 2023

दमक । झापाको गौरादह २ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

 

गौरादह नगरपालिका २ स्थित कृष्णे खोलामा पौडी खेल्न गएका गौरादह २ हाँसखोरा चोक निवासी १३ वर्षीय एन्जल ताजपुरियाको मृत्यु भएको हो । पौडी खेल्दा खेल्दै बेपत्ता भएका ताजपुरियालाई खोजी गर्ने क्रममा मृत भेटिएका थिए ।