समाज

कनकाई पुल नजिकै शव फेला

By admin

July 15, 2023

बिर्तामोड । झापाको कनकाई माईमा शव फेला परेको छ । कनकाई पुल दक्षिण ७ सय मिटर दक्षिणतर्फ आज साँझ शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शव भएको ठाउँमा प्रहरी पठाइएको जनाउँदै झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले शवको पहिचान खुलिनसकेको बताएका छन् । शिवसताक्षी १० स्थित कनकाई नदीको पानीमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

 

कनकाई माइमा दाउरा निकाल्ने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ७० वर्षजस्तो देखिने दौरा लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पोष्टमाटर्मका लागि दमक पठाएको छ ।